Logo
Logo

कलंकीमा दुर्घटना, एकको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा.६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–१० बाघभैरब बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य जिल्लामा पनि दुर्घटना भएका छन् ।
रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ ठुलो पडरियास्थित सडकमा युपी ५५ एसी २६९२ नम्बरको मोटरसाइकलले लु.५५ प ९५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकल अनियन्त्रित भई रोकी राखेको लु.३ त ५२८५ नम्बरको ट्याक्टरमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा युपी ५५ एसी २६९२ नम्बरको मोटरसाइकल चालक भारत घर भएका २६ वर्षीय छोटे श्रीवास्तवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.५५ प ९५८० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, राजपुर नगरपालिका–३ अजाद चोकस्थित सडकमा ना.२३ प ७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १६ फिट तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बारा, बारागढी नगरपालिका–१ भवानिपुर बस्ने ४० वर्षीय प्रेमलाल पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गौर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बारा, बारागढी नगरपालिका–१ भवानिपुर बस्ने ४० को दिपलाल पसावानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका–२६ अठराहास्थित सडकमा बा.४ च २१२० नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका सुगौली बिर्ता बस्ने ४० वर्षीय मक्सुद आलमको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्