Logo
Logo

त्रिशूलीमा बेपत्ता एकको शव भेटियो


दृष्टि संवाददाता


चितवन । पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव बिहीबार भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो ।
भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्काे एक जनाको बुधबार शव भेटिएको थियो । निर्माणाधीन अवस्थामा रहेको पुलमुनि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार शवलाई गोताखोरका टोलीले निकाली भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्