Logo
Logo

आन्तरिक उडान बन्द गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । आन्तरिक उडान तत्काल बन्द गर्ने निष्कर्षमा सीसीएमसी पुगेको छ । बुधबार सीसीएमसी सचिवालयले त्रिभुवन विमानस्थलमा अनुगमनपछि यस्तो निष्कर्षमा पुगेको हो ।

सरकारले निषेधाज्ञा जारी गरेको अघिल्लो सीसीएमसीको टोलीले विमानस्थलमा भीडभाड देखेपछि आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको सीसीएमसीका एक सदस्य बताए ।

उनका अनुसार आन्तरिक उडान खुला राख्दा विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको मोबिलिटी बढ्ने र यसबाट संक्रमण फैलने डर भएकाले बन्द गर्नुपर्ने अवस्था आएको हो ।

सरकारले काठमाडौं कोरोना संक्रमण रोकथाका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरेपनि आन्तरिक र बाह्य हवाई उडान यथावतै राख्ने निर्णय गरेको छ ।

हवाई उडान बन्द नहुँदा विमानस्थलमा उस्तै भीड लागेको छ । निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरु बढेका पनि भीड बढेको हो । सचिवालयका अधिकारीहरु आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्