Logo
Logo

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार


दृष्टि संवाददाता


काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । कोरोना संक्रमण भई केही दिनअघि अस्पताल भर्ना भएकी शाहलाई बिहीबारदेखि थेरापी विधिबाट उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्तापलताका अनुसार उनीमा श्वासप्रश्वासमा समस्या देखिएको छ ।

बुधबार साँझदेखि आईसीयूमा सारिएको उनलाई अहिले हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको बतनाइएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालको भनाइ छ ।
भारत भ्रमणबाट स्वदेश फर्किपछि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि घरमै होम आइशोलेसनमा बस्दै आएकी तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्