Logo
Logo

मन्त्री थापालाई कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमूना परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । मन्त्री थापाको हाल स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
केही दिनअघिमात्र मन्त्री थापाकी छोरीलाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित सचिवालयका सबैको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्