Logo
Logo

माओवादी सांसदले कोरोना कोषलाई आधा महिनाको तलव दिने


दृष्टि संवाददाता


सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले कोरोना विपद् कोषमा आफ्नो आधा महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक सीताकुमारी नेपालीले कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउनका लागि यो निर्णय गरिएको जानकारी दिएकी छन् ।

साथै दलमा आवद्ध सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारमा निकाय, स्थानीय तह, अन्य राजनैतिक दल लगायतसँग समन्वय गरी कोरोना प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवंम अनुगमन गर्ने दलले निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथाम तथा नियन्त्रण, उपचारमा प्रदेश सरकार लागिरहेको र विकास निर्माण तथा चालु आर्थिक वर्षको बजे कार्यान्वयनको अवस्थामा बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्