काठमाडौं । दिनदिनै संक्रमित बढिरहेको र भएको बेड भरिएपछि ललितपुरस्थित पाटन अस्पतालले ८० बेड थप गरेको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यसअघि कोरोना उपचारका लागि छुट्याइएको १ सय ८० बेड भरिएपछि थप ८० बेड विस्तार गरिएको हो ।
शुक्रबारबाटै सञ्चालनमा आउनेगरी ती बेड थपिएको अस्पतालले जनाएको छ । यससँगै पाटन अस्पतालमा कोरोना उपचारका लागि २ सय ६० बेड संख्या पुगेको छ । यसअघि भएका बेडहरु भने संक्रमित विमारीले भरिएका छन् ।
निर्देशक शाक्यका अनुसार ८० बेड थपिएपनि त्यसमा आइसियू र भेन्टिलेटर छैन । उनले भने, ‘बेड मात्र थपिएको हो, आइसियू र भेन्टिलेटर थपिएको छैन ।’ दिनदिनै संक्रमित बढिरहेकाले हालको अवस्थामा अस्पतालले कोभिडको मात्र उपचार गर्नेगरी बिस्तार गरिएको उनले बताएका छन् ।