Logo
Logo

भक्तपुरमा किशोरी बलात्कृत, भारतीय नागरिक पक्राउ


दृष्टि संवाददाता


भक्तपुर ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


महतोले ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्