Logo
Logo

एनआइबिएलको समृद्धि फन्डमा ५० प्रतिशत धेरै आवेदन


दृष्टि संवाददाता


काठमाडौं । एनआईबिएल एस क्यापिटलले जारी गरेको सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड–२ मा ५० प्रतिशत धेरै आवेदन परेको छ । मागभन्दा धेरै परेपछि आवेदन शुक्रबारदेखि बन्द भएको छ ।

योजनामा चार दिनभित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको पनि कम्पनीले जानकारी दिएको छ ।
क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेको थियो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । यो फन्डमा करिब २० प्रतिशत प्रतिफल दिने आँकलन कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्