Logo
Logo

निर्वाचन आयोग पुगे महन्थ ठाकुर


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले  नेता कारबाही गरेकामा अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि अध्यक्ष ठाकुरले शुक्रबार आयोगलाई ध्यानाकर्षण गराउन पुगेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष ठाकुरले ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण गराएपनि तत्काल आयोगले केही गर्न नसक्ने उनको भनाइ छ ।
जसपा नेपालको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई बिहीबार कारवाही गरेको थियो । सो कारबाहीको ठाकुरले विरोध गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्