Logo
Logo

बालुवाटार जग्गा प्रकरण : बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर


दृष्टि संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातले थुनामुक्त गरि पाउन भनी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । बालुवाटार जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातले विशेष अदालतको फैसला गलत रहेको दावी गरेका छन् ।


तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गएपनि उनको माग सुनुवाइ भएको थिएन । बस्न्यातको पक्षबाट प्रज्ज्वल अधिकारीले शुक्रबार दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै उनलाई कोभिड पोजेटिभ भएको प्रमाणसमेत पेस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्