Logo
Logo

प्रधानमन्त्रीकै कारण लकडाउनको अवस्था आयो : कांग्रेस


दृष्टि संवाददाता


काठमाडौं । प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण अहिले फेरि लकडाउन गर्नुपर्ने अवस्था आएको आरोप लगाएको छ ।


शुक्रबार काँग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले अधुरा कामलाई नै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न भएकाले यो स्थिति आएका बताए । उनले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेको समेत बताए ।

कार्यक्रममा वितरित विज्ञप्तिमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौँ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ ।

सभापति देउवाले कोरोनाको संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्