Logo
Logo

कारभित्र तीन बालकको शव भेटियो


दृष्टि संवाददाता



दाङ । दाङमा भारतीय नम्बरप्लेटको एउटा गाडीभित्र ३ जना बालक मृत फेला परेको छन् । घटनाको अनुसन्धानमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा बालकहरुको शव फेला परेको गाडीका चालक भएका जनाइएको छ। पक्राउ परेका चालक नेपाली भनिए पनि प्रहरीले उनको पहिचान खुलाएको छैन।


जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ स्याउलीबजार नजिक भारतीय नम्बर प्लेटको गाडीभित्र ३ जना बालबालिकाको शव भेटिएको हो। भारतीय नम्बरप्लेटको गाडीभित्र ३ जना बालबालिका भेटिएपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दसहितको टाली घटनास्थलमा गएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्