Logo
Logo

मन्त्रिपरिषद बैठक जारी, निषेधाज्ञामा थप कडाई


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवासमा चार बजेका लागि बोलाइएको बैठक निकै ढिला गरी पाँच बजे बसेको हो ।

बैठकमा कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समिति ( सीसीएमसी)ले गरेको सिफारिसलाई पारित गर्ने तयारी गरिएको छ । सीसीएमसीले निषेधाज्ञा कडाई गर्नुपर्ने, संक्रमण रोक्न सीमा बन्द गर्नुपर्ने, आन्तरिक हवाई उडानमा रोक लगाउनुपर्ने लगायतको सरकारलाई सिफारिस गरेको थियो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएको छ । आइतबार मात्रै देशभर गरी सात हजार बढीमा कोरोना संक्रमण भएको छ भने १९ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, मन्त्रीहरू पनि संक्रमित हुन थालेका छन् । आइतबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्