Logo
Logo

ओलीका कारण व्यस्त महन्थ ठाकुर


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को व्यस्तता बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत लिने भएपछि जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको व्यस्तता बढेको छ ।

जसपा अध्यक्ष ठाकुर पक्षले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेपछि व्यस्तता बढेको हो । ठाकुर ओलीकै सरकारलाई साथ दिने नरम नीति लिँदै आएका छन् । त्यसैले पनि ओलीलाई विश्वासको मत दिने पक्षमा ठाकुर पक्ष रहेको छ ।
ठाकुर पक्षका एक नेताका अनुसार उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई सोमबार साँझसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको छ ।
जसपाको पार्टी कार्यालयमा कार्यरत प्रदीप पाठकले (महन्थ ठाकुर निकट) पार्टीका अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरुलाई फोन गरेर जानकारी संकलन गराइरहेको ती नेताको भनाइ छ ।
अर्कोतिर जसपाका अध्यक्ष उपेन्द्र यादवले यसअघि कार्यकारिणी सदस्य र सांसदको हस्ताक्षर गरेर लुम्बिनीका चारजना प्रदेशसभा सदस्य र पार्टीका नेतालाई कारबाही गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने प्रयोजनका हस्ताक्षर संकलनसमेत सुरु गरेका छन् ।
प्रधानमन्त्री ओलीले मधेश आन्दोलनसँग जोडिएका १२० जनाको मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि जसपा ठाकुर पक्ष ओलीको समर्थन लागेको हो । विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले प्रक्रिया सुरु गरेपछि अहिले ठाकुरको पनि व्यस्त बढेको छ । तर, यसले जसपामा आन्तरिक द्वन्द्वमात्र नभएर पार्टीलाई नै विभाजन गर्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्