बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द « Drishti News – Nepalese News Portal
Logo

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द


दृष्टि संवाददाता


काठमाडौं । सरकारले नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द गर्ने निर्णय गरेको। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले २० वैशाख सोमबार राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।

वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुनेगरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् ।
यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्