Logo
Logo

तिमी नै भन : प्राश्ना अब गीतकार पनि (भिडियो)


दृष्टि संवाददाता


काठमाडौ । सुमधुर स्वरकी धनी गायिका प्राश्ना शाक्य अब औपचारिकरुपमा गीतकार पनि बनेकी छन् । उनी रचित पहिलो गीत ‘तिमी नै भन’ सार्वजनिक भएको छ । जुन गीतमा स्वर र संगीतसमेत प्राश्नाकै छ ।

‘तिमी नै भन’ गीतको लिरिकल भिडियोलाई गायिका प्राश्नाले आफ्नै अफिसियल युट्यूवच्यानल ‘प्राश्ना शाक्य’मार्फत सार्वजनिक गरिएको हो ।
गायिका शाक्यको आवाजमा हालसम्म पाँच सयभन्दा बढी गीत बजारमा आइसकेको छन् । जसमा पप, लोक, आधुनिक र दर्जनभन्दा बढी फिल्मी गीतहरु छन् । प्राश्नाको ‘मलाई आवाज देउ’, ‘हाम्रो गाउँले जीवन’, ‘बादल वर्षा विजुली’, ‘बाटोमुनिको फूल–ओइलाएको फूल’, ‘आँखामा आएर (वेवी आइ लभ यु)’ जस्ता गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्