Logo
Logo

निषेधाज्ञा एक साता थप्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइका साथ लम्बिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उक्त बैठकले निषेधाज्ञा एक साता थप्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने भएको हो ।
उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाधा बुधबार मध्यरात सकिँदैछ । त्यसैले अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ ।
निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । निषेधाज्ञाका बीच आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्