Logo
Logo

सुत्केरी सेक्दा निस्सासिएर एकको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । भक्तपुरमा सुत्केरी सेक्न झ्याल–ढोका बन्द गरेर कोइला बाल्दा एक जनाको निसास्सिएर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका–३ की २२ वर्षीया सुनिता तामाङ रहेकी छन् ।

भक्तपुर सूर्यविनायक–१० मिलन चोकमा डेरामा आमा र बहिनीसँग उनी बस्दै आएकी थिइन् । उनीसँगै कोठामा सुतेका आमा र बहिनी बेहोस भएका छन् ।
आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आइतबार राति ११ बजे घरको झ्याल–ढोकाको चुकुल फोडेर उनीहरूलाई निकालिएको थियो । प्रहरीका अनुसार अनिता सोही दिन सुत्केरी भएकी थिइन् । सुत्केरी सेक्न कोठामा कोइला बालिएको बताइएको छ ।
अनिताले जन्माएको बच्चा त्यसै दिन भान्जा सोनामको साथी जेम्स कुसुलेको जेठान दाइ र दिदीलाई पालनपोषणको लागि जिम्मा दिएको प्रहरीले जनाएको छ । मृतकको शव काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्