Logo
Logo

अवैध सामान बरामद


दृष्टि संवाददाता


धनगढी । कञ्चनपुरमा भन्सार छली ल्याइएका अवैध सामान बरामद गरिएको छ ।
जिल्लको बेदकोट नगरापालिका वडा नम्बर १० सिसैयास्थित सडकखण्डमा भारतबाट भन्सार छली, चोरी पैठारीगरि ल्याइएका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर धामीले बताए ।

तीन लाख १६ हजार एक सय २० मुल्य बराबरको चिनि, बिडी, सलाई, स्याम्पु लगायतका सामान बरामद गरिएको उनले बताए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्