Logo
Logo

शम्भुजित र मञ्जुको ‘पार्यो माया जालैमा’


दृष्टि संवाददाता


काठमाडौं । बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईं फिचरिङ छन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

यस गीतको भिडियोमा दोलखा र गोर्खाको युवायुवतीबीच प्रेमलाई दर्शाइएको छ । लेजेन्ड सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा र बरिष्ठ गायिका मन्जु थापा यो प्रस्तुतिलाई यतिवेला धेरै स्रोता÷दर्शकले रूचाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्