Logo
Logo

सांसदहरुको स्वाब संकलन


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद बैठब बोलाएपछि सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले यही २७ बैशाखमा संसद बैठक आह्वान गरेकी छन् ।

सबै सांसदको कोरोना परीक्षणपछि मात्र बैठक बस्ने भनिएपछि स्वाब संकलन सुरु गरिएको हो । यसैअनुरुप बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिने छ ।

यस्तै बिहीबार संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्