Logo
Logo

भारतबाट आउने यात्रुका लागि तोकियो ८ होटल


दृष्टि संवाददाता


काठमाडौं । सरकारले भारत नेपाल आउने यात्रु रहनेगरी ८ वटा होटेललाई क्वारेन्टिन तोकिएको छ । बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपनि भारतबाट सातामा दुई उडान हुने भएपछि यस्तो व्यवस्था गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रुहरु गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए–वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ ।

भारतबाठ आउने यात्रुलाई विमानस्थलबाट सीधै होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने मन्त्रालयले जनाएको छ । मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरि होटेल तोकिएको बताइएको छ ।

नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको हो । यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्