Logo
Logo

कोरोना रोक्न प्रदेश १ सरकारबाट ४ करोड निकासा




मोरङ । प्रदेश नं १ सरकारले प्रदेशका स्वास्थ्य संस्थामा कोभिड–१९ को रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि रु तीन करोड ८५ लाख निकासा गरेको छ । मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकारका अनुसार सरकारले ८५ लाख निकासा गरेको हो ।

प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र विराटनगरका लागि रु ५० लाख, मेची अस्पताल भद्रपुर झापाका लागि रु २५ लाख, जिल्ला अस्पताल सुनसरी, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पतालका लागि रु २०र२० लाख, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, मदन भण्डारी तथा ट्रमा सेन्टर र ताप्लेजुङ गरी रु एक करोड ५० लाख, जिल्ला प्रशासन कार्यालय झापाका लागि रु २० लाख, जिल्ला प्रशासन कार्यालय सुनसरीका लागि रु १५ लाख निकासा गरिएको छ ।

यस्तै, इलामका लागि रु १५ लाख, मोरङका लागि २० लाख, ओखलढुङ्गाका लागि रु १५ लाख एवं भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङका लागि रु ५० लाख विनियोजन भई आजै निकासा गरेको छ ।

निषेधाज्ञा जेठ १ गते सम्म थप
मोरङ जिल्लामा निषेधाज्ञा आगामी जेठ १ गतेसम्मका लागि थपिएको छ । पहिलो चरणमा यही वैशाख १८ गते राति १२ बजेदेखि सात दिनका लागि विराटनगरपालिकालगायत क्षेत्रमा निशेधाज्ञा जारी गरिएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निषेधज्ञा लागु गरिए पनि नागरिकलाई खाद्य सामग्री उपलब्ध गराउन बिहान ६ देखि १० बजेसम्म सामाजिक दूरी र स्वास्थ्य आचारसंहिता पालना गराउँदै उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्