Logo
Logo

लोकसेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस


दृष्टि संवाददाता


काठमाडौँ । पूर्वसचिव माधव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् ।

आइतबारको बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । उनी कांग्रेस कोटाबाट आयोगको अध्यक्षमा सिफारिस भएका हुन् ।

रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाइ हुन् । कुमार रेग्मी गत फागुन २३ गतेको चर्चित फैसला गर्नेमध्ये एक न्यायाधीश हुन् ।

संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । सरकारले लोकसेवामा अन्य पदाधिकारीको नाम पनि सिफारिस गरेपनि नाम सार्वजनिक गरिएको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका अन्य संवैधानिक आयोगमा रिक्त पदमा सरकारले संसद छलेर अध्यादेशमार्फत पदाधिकारी नियुक्ति सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्