Logo
Logo

दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ फागुन ।
दैलेख जिल्ला साबिक द्वारी गाँउ विकास समितिको कार्यालयका सहलेखापाल छविराम शर्मा र सहायक लेखापाल छविराम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सामाजिक भत्ता दुरुपयोगको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT


शर्माले आर्थिक वर्ष २०६९÷०७० को दोश्रो र तेश्रो किस्ता तथा आ.ब. २०७०÷०७१ को प्रथम, दोश्रो, तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणबापतको जम्मा एक लाख चौरासी हजार सामाजिक सुरक्षा भत्ता वितरणमा आफ्नै औठाछाप लगाई सेवाग्राहीलाई रकम वितरण नगरेको खुलेको आयोगले जनाएको छ ।
त्यस्तै सहायक लेखापाल (खरिदार) छविराम शर्माले आ.ब २०७१÷०७२ को प्रथम र तेश्रो चौमासिक तथा आ.ब. २०७२÷०७३ को प्रथम, दोश्रो र तेश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणबापतको जम्मा तीन लाख चवालीस हजार पाँच सय अनियमितता गरेका थिए । साथै उनले कृषि, वन तथा वातावरण शीर्षक बापतको एक लाख बाउन्न हजार पाँच सय सत्तरी कामै नगरी बदनियतसाथ हिनामिना गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्