Logo
Logo

नेपाल सुपर लिग : काठमाडौं शीर्षस्थानमा


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । चितवन फुटबल क्लबले काठकाडौंसँग आइतबार अन्तिम हार बेहोरेसँगै नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेल सकिएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न भएको खेलमा काठमाडौंले २–१ गोलको जित निकाल्दै शीर्षस्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ।

खेलमा काठमाडौंका मेसुके ओलुमेउ र सन्जोक राईले गोल गरे। चितवनका राजिव लोप्चनले एक गोल फर्काए। खेलको १७ औं मिनेटमा ओलुमेउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए।

एक गोलको अग्रताका साथ खेलमा दबाब बनाएको काठमाडौंका संजोकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए। खेलको ४० औं मिनेटमा चितवनका लोप्चनले गोल गरेपछि भने पहिलो हाफको नजिता २–१ गोल भयो।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि काठमाडौंले २–१ गोलले खेल जितेको थियो। अन्तिम खेलमा पनि जित निकाल्न नसकेपछि जारी लिगमा चितवन जितविहीन रह्यो। उसले ६ खेलमध्ये दुई खेलमा बराबरी गर्‍यो भने चार खेलमा हार बेहोर्‍यो।

यो जितसँगै काठमाडौंले शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको धनगढीको १० अंक छ। अब काठमाडौंले मंगलबारको खेलमा दोस्रो स्थानको धनगढीसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्