Logo
Logo

मन्त्री हेरफेरबारे ओली र प्रचण्डबीच छलफल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वयबीच मन्त्रीमण्डल हेरफेरबारे छलफल भएको छ । मंगलबार बिहान यससम्बन्धि छलफल भएको हो ।
विराटनगर पुगेका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनगठन गर्नेबारे मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो छलफल भएको बताएका छन्। दाहालले पत्रकारसँगको कुराकानीमा मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको पनि बताएका छन् ।


‘साँचो कुरा के हो भने आज बिहानमात्रै प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनबारे छलफल भएको हो,’ अध्यक्ष दाहालले भने, ‘बालुवाटारबाट सिधै म विराटनगर आएको हुँ। मन्त्रीले काम गरेरनगरेको मूल्यांकन गर्ने र मन्त्रीमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ।’ मन्त्रीमण्डल पुनर्गठन गर्ने या नगर्ने भन्ने निर्णय प्रधानमन्त्रीले लिने दाहालको भनाई छ ।
‘मन्त्री हेरफेर गर्ने कि नगर्ने भन्ने प्रधानमन्त्रीले कसरी हिसाव गर्नुभएको छ त्यसमा भर पर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको भनाइ के छ भने मन्त्रीहरुको काम हेरिराख्या छु। फेरफेर गर्नुपरे पनि अहिले हतार छैन।’
मन्त्री हेरफेर गर्नुपरे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नै भएको आफूले बताएको दाहालले सुनाए।
केही मन्त्रीका कारण सरकारले गति लिन नसकेको भन्दै मन्त्रीमण्डल हेरफेरको तयारी हुँदै आएको छ । अर्थमन्त्री डा युवराज खतिवडा, कृषि मन्त्री चक्रपाणि खनाल, महिला मन्त्री थममाया थापा लगायत हेरफेर हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्