Logo
Logo

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य


दृष्टि संवाददाता

945
Shares

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उनलेले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आजै १०ः०० बजेबाट अन्त्य भएको पत्र प्राप्त भएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए । प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्