Logo
Logo

भरतपुर महानगरपालिका वडा नम्बर ५ कार्यालयमा बम विस्फोट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २९ फाल्गुन ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ५ कार्यालयमा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यलय चितवका अनुसार मंगलबार राति करिब १२ बजे शक्तिशाली सिलिण्डर बम विस्फोट भएको हो।

विस्फोटबाट तोरीखेतमा रहेको वडा कार्यालय भवनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। राठौरका अनुसार विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालय भवनमा क्षति पुगेको छ।

विस्फोटपछि कार्यालयमा लागेको आगो महानगरको दमकल र प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। विस्फोट कस्ले गराएको भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले गराएको शंका प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्