Logo
Logo

विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने विप्लवको पार्टीलाई अपराधिक समूह ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।


गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय विप्लवको प्रभाव बढी भएको मानिएका सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ माा सुरक्षा बैठकमा सहभागी भएर विप्लवप्रति कडा अभिव्यक्ति दिएका थिए। उनले विप्लवका गतिविधिमाथि कडा निगरानी राख्न र आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए। उनले विप्लवको गतिविधि कस्तो छ भन्ने बुझेरै मन्त्रिपरिषदमा प्रतिबन्धको प्रस्ताव लगेका थिए। जसलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो।

सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।

विप्लव समूहले केही पहिले एनसेल टावरमाथि बम विस्फोट गरेका थिए। ललितपुरमा भएको विस्फोटमा एक जनाको मृत्युसमेत भएको थियो। त्यसै गरी वैदेशिक रोजगार संघका अध्यक्षको घरमा पनि बम विस्फोट गरेका थिए। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबाट पछिल्लो समय अत्याधुनिक हतियार बरामद भएका थिए भने मुलुकका विभिन्न जिल्लाबाट कार्यकर्ता पक्राउ तीव्र पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्