Logo
Logo

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


दृष्टि संवाददाता

567
Shares

भक्तपुर । टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फजाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्