Logo
Logo

सप्तरीमा बस दुर्घटना, तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता



सप्तरी, २९ फागुन ।
सप्तरीमा बुधबार बिहान मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका अर्का व्यक्तिकोे नाम खुल्न सकेको छैन। घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।
बसमा सवार घाइते भएका अन्य यात्रुलाई उपचारको लागि सिरहाको लहानतिर पठाइएको प्रहरीले जनाएको छ। को ३४ प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को १ ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्