Logo
Logo

डिआइजीलाई कारवाही भएन


दृष्टि संवाददाता


काठमाडौं । महिला सांसदमाथि दुव्र्यवहार गरेको गम्भीर आरोप लागेका लुम्बिनी प्रदेशका डिआइजी रबिन्द्र धानुकलाई कारबाहीबाट जोगाइएको छ । राजनीतिक शक्तिका आधारमा उनलाई कारबाहीबाट जोगाइएको हो ।

उनले अघिल्लो आइतबार महिला सांसदका संवेदनशील अंगमा हातपात गरेको आरोप लागेको थियो । नेपाली काग्रेसका महिला सांसदहरुले पत्रकार सम्मेलन नै गरेर उनीमाथि कारबाहीको माग गरेका थिए । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यति गम्भीर विषयमा छानबिन समेत नगरेकोमा धेरैले आश्चर्य मानेका छन् ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री डिआईजी धानुकले सात जना महिला सांसदलाई दुव्र्यवहार गरेकाले उनीमाथि कारबाही हुनुपर्ने बताउँछिन् । शंकर पोखरेल अल्पमतमा रहेकाले उनको सपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालमा गएका सात जना महिला सांसदलाई डिआजी धानुक बल प्रयोग गरी दुव्र्यवहार गरेका थिए । मुख्यमन्त्री पोखरेलको निर्देशनमा त्यसरी उनले बल प्रयोग गरेको आरोप विपक्षी दलले लगाएका छन् । सांसदहरु निर्मला क्षेत्री, पुर्मति ढेंगा, लौटी थारु, शुस्मा यादब, पुष्पा थरुनी, गीता थापा, दिपेश थारु लगायतलाई प्रहरीले लछारपछार गरेको थियो । सांसदलाई समेत यसरी दुव्र्यवहार गर्ने प्रहरीले सर्वसाधरणलाई के गर्छन् भन्ने प्रश्न समेत उठेको थियो ।

पछिल्लो समय गृह प्रशासन तथा प्रहरीमा सरकारको हस्तक्षेप बढेको छ । त्यसैको परिणाम रुपन्देहीमा देखिएको हो । यसअघि अर्थमन्त्री विष्णु पौडेलको आदेशअनुसार काम नगरेको भन्दै रुपन्देहीका सिडिओ र एसपीको सरुवा गरिएको थियो । डिआईजी धानुकले सत्तालाई सहयोग गरेकाले उनलाई भने संरक्षण गरिएको छ ।

उता राजनीतिक अन्योलताले डिआइजी सरुवा पनि रोकिएको छ । सातै प्रदेशका डिआइजीको एक वर्षको कार्यकाल पुगिसकेको छ । प्रदेश प्रमुख हुन डिआइजीहरुबीच चर्काे प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्