प्रहरीलाई युवा व्यवसायीद्वारा मास्क र सेनीटाइजर « Drishti News – Nepalese News Portal
Logo

प्रहरीलाई युवा व्यवसायीद्वारा मास्क र सेनीटाइजर


दृष्टि संवाददाता


दमक । दमकका युवा व्यवसायीहरूले दमकका प्रहरीलाई मास्क र सेनीटाइजर वितरण गरेको छ । युवा व्यवसायीहरूले कोभिड-१९ को महामारीका क्रममा जोखिम मोलेर जनताका सेवामा खटिरहेका प्रहरीलाई मास्क तथा सेनीटाइजर वितरण गरेको हो ।

अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाश आङ्गबुहाङ लिम्बू, व्यवसायी तान्छोहाङ आङदेम्बे, धिरेन आङ्गबुहाङ लिम्बू र रन्जन राईले मंगलबारदमक इलाका प्रहरी कार्यालयका प्रमुख नवराज कार्की र प्रहरी निरीक्षक अनिल माबोहाङलाई ११ सय थान मास्क, ७९ थान सेनीटाइजर र १ सय थान पन्जा हस्तान्तरण गरेका हुन् ।

दमकका प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाशले बताए । अग्रपंतिका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने उनले बताए । दमक इलाका प्रहरी प्रमुख कार्कीले युवा व्यवसायीहरुलई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्