Logo
Logo

चीनबाट ४ सय वटा अक्सिजन सिलिन्डर आयो


दृष्टि संवाददाता


काठमाडौं । चीन सरकारले दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाजमार्फत् मंगलबार दिउँसो ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सामान लिन बेइजिङ गएको जहाज दिउँसो करिब साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थलले जानकारी दिएको छ ।
चीनको होङ्सी होल्डिङ ग्रुपले दिएको २०० थान अक्सिजन कन्सनटेटरमध्ये नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १७३ वटा ल्याएको थियो।

यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।

प्रतिक्रिया दिनुहोस्