Logo
Logo

जसपा र माधव समूहलाई मिलाएर सरकार बनाउने कांग्रेसको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले बहुमतको सरकार बनाउन जनता समाजवादी पार्टी र एमाले भित्रको असन्तुष्ट समूहलाई मिलाएर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले माओवादी, जसपालाई मात्र नभई एमाले भित्र असन्तुष्ट रहेको माधवकुमार नेपाल समूहलाई लिएर सरकार बनाउने निर्णय गरेको हो ।

राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोशिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

राष्ट्रपतिले आह्वान गरे अनुसार नै कांग्रेस नेतृत्वमा सरकार बन्ने दावी गरे । उनले भने,‘माओवादीका अध्यक्ष प्रचण्डजी पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरामा सहमत हुनुहुन्छ । त्यसैले सरकार हाम्रै नेतृत्वमा बन्छ’ ।

जसपाको एक समूह सरकार बनाउनेमा र अर्को नबनाउने बताइरहँदा बहुमतको सरकार बन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता महतले जसपाको अर्को समुहलाई मिलाएर भएपनि सरकार बनाउने निर्णय बैठकले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्