Logo
Logo

भाजपा नेताको दावी- भारतको रोजाइ केपी ओली


दृष्टि संवाददाता


काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालको आन्तरिक विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा भाजपा नेता सुब्रमन्यमले भने सामाजिक सञ्जाल ट्वीटरमार्फत विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

नेता सुब्रमन्यमले भारतको रोजाइमा केपी शर्मा ओली भएको ट्वीट गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

प्रतिक्रिया दिनुहोस्