Logo
Logo

देउवाको नेतृत्वमा सरकार बन्छ : रामचन्द्र पौडेल


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन आफू सक्रिय रहेको बताएका छन् ।

बूढानिलकण्ठमा पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूले प्रयास गरिरहेको बताएका हुन् ।

‘मैले त पहिलेदेखि नै ओलीलाई हटाएर कांग्रेसको सरकार बनाउनुपर्छ भनेको हुँ । पार्टीले सर्वसम्मत रूपमा निर्णय गरिसकेको छ । अब अरु दललाई सहमतिमा ल्याउन लागिपरेका छौ’, पौडेलले भने ।

मंगलबार बसेको पदाधिकारी बैठकले बहुमतको सरकार बनाउन जनता समाजवादी पार्टी र एमाले भित्रको असन्तुष्ट समूहलाई मिलाएर अघि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्