Logo
Logo

संक्रमितलाई भर्ना नगरेको भन्दै कोभिड अस्पतालमा तोडफोड


दृष्टि संवाददाता


धनुषा । कोरोना संक्रमितलाई भर्ना नगरेको भन्दै जनकपुर प्रादेशिक कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार साँझ आक्रोशित एक समूहले संक्रमितलाई भर्ना नगरेको भन्दै अस्पतालको वार्डमा जडान गरिएको उपकरणहरु तोडफोड गरेको हो ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवका अनुसार चार पाँच जनाको समूहले भेन्टिलेटर समेत तोडफोड गरेका छन् । उनीहरुले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको सुपरिटेन्डेन्ट यादवको भनाइ छ ।

तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्