Logo
Logo

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईँको निधन


दृष्टि संवाददाता


काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ ।

कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौंलागाईंको निधन भएको हो । उनी गत निर्वाचनमा दोलखा ९ख० बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका चौलागाईं एमालेभित्र हठी स्वभाव सँगै निष्ठा र त्यागी नेताका रुपमा चिनिन्थे । अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव ९प्रमुख०, एमाले वागमती अञ्चल सदस्य, सह–इन्चार्ज, इन्चार्ज हुँदै अगाडि बढेका चौलागाईं २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटाबाट सांसद बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्