Logo
Logo

कर्णालीमा तीन नयाँ मन्त्री नियुक्त, दुई मन्त्रीद्वारा राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् भने तीन नयाँ मन्त्री नियुक्त भएका छन् ।

कर्णली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । उनीहरु दुबै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने तीन मन्त्री नियुक्त गरेका छन् । रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपालीलाई नयाँ मन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्री र सीता नेपालीलाई पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रीमा नियुक्त गरिएको जनाइएको छ ।

विमला केसी र नरेश भण्डारीले सहमतिमै राजीनामा दिएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्