Logo
Logo

जनताको जीवनरक्षा गरौं : जनार्दन शर्मा


दृष्टि संवाददाता


काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले राज्यका सवै स्रोत साधन प्रयोग गरी अक्सिजन आपूर्ति सहज गर्न माग गरेका छन् ।

नेता शर्माले उत्पादन भएको अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्ने प्रश्न पनि गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको बताउँदै उनले क्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? भन्दै प्रश्न गरेका हुन् ।

‘काठमाडौंमा अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ?’

उनले जनताको जीवन रक्षाका लागि सम्पूर्ण स्रोत लगाउन समेत सरकारलाई सुझाव दिएका छन् ।

आफूले जनताको जीवन रक्षा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनेका छन्, ‘राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन तथा जहाजसमेत प्रयोग गरी सम्भव भएका विदेशी नियोगसमेतको सहायता लिई अक्सिजन आपूर्ति सहज गरी जनताको जीवन रक्षा गरियोस्।’

प्रतिक्रिया दिनुहोस्