Logo
Logo

वीर अस्पताललाई शंकर समूह र इन्फिनिटी होल्डिङको सहयोग


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पताललाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गरेको छ ।

शंकर समूह र इन्फिनिटी होल्डिङले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र तीन हजार के-९० मास्क दिएको हो।

सर्जिकल ब्लकलाई अहिले कोभिड बिरामीका लागि डेडिकेटेड युनिफाइड कमाण्ड अस्पतालमा रुपान्तरण गरिएको छ। केही दिन अगाडि मात्रै आवश्यक पूर्वाधार राखेर अस्पताल संचालनमा ल्याइएको हो।

यो अस्पतालका लागि डेढ सय बेड, पीपीइ लगायतका सामाग्री उपलब्ध गराउने यी दुई संस्थाले प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार ५० वटा तत्कालै हस्तान्तरण गरेको हो ।

आफ्नो तर्फबाट सक्दो थप सहयोग गर्ने प्रतिबद्धता गरेको शंकर समूहले जनाएको छ । ‘अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामाग्री दिएका हौं,’ शंकर समूहले भनेको छ, ‘तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यले यी सामाग्री हस्तान्तरण गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्