Logo
Logo

पार्टीले कारवाही गरेपछि थापाले भने- म तटस्थ


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकीले कारबाही गरेपछि प्रदेश भास सदस्य कृष्ण थापाले आफू तटस्थ रहेको जनाएका छन् ।

पार्टीको ह्वीप उल्घंन गर्दै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिन नमानेपछि सांसद थापालाई पार्टीले कारवाही गरेको थियो ।

पार्टीले कारवाही गरेपछि थापाले प्रदेश प्रमुखलाई पत्र पठाई आफू तटस्थ रहेको जनाएका हुन् । उनले गैर कानूनी काम कारवाहीलाई मान्यता नदिन आग्रह पनि गरेका छन् ।

थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्