Logo
Logo

गण्डकीमा कांग्रेस गठबन्धन असफल, पृथ्वीसुब्बा पुनः मुख्यमन्त्री बन्दै


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि बहुमत नपुगेका कारण गुरुङ फेरि मुख्यमन्त्री बन्ने भएका हुन् । 

जनमोर्चाका कृष्ण थापा र खिमविक्रम शाही तटस्थ बस्ने भएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धन वैकल्पिक सरकार गठन गर्न असफल भयो ।

कांग्रेस नेतृत्वमा बनेको माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त गठबन्धनले बहुमत पुर्याएको भन्दै सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दावी गरेका थिए । गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो ।

संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्‍याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

हाल एमाले नै संसदमा ठूलो दल भएकाले र संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ भएकाले उनै पुनः मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्