Logo
Logo

सङ्कटमा भ्रमको खेती नगर्न उपप्रधानमन्त्रीको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती नगर्न आग्रह गरेका छन् । निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा उप प्रधानमन्त्री पोखरेलले अनावश्यक भ्रमबाट सचेत रहन आग्रह गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा विमर्श भएको थियो ।

पोखरेलले भने, ‘महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ ।’

काठमाडौँ उपत्यका र काभ्रेमा गरी अहिले नौ वटा अक्सिजन उद्योगहरु सञ्चालित छन् । दैनिक १५ हजार सिलिण्डर भन्दा बढी माग भए पनि ती उद्योगबाट हाल सात हजार २ सय सिलिण्डर उत्पादन हुने गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार छिटो माध्यमबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।

काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरू सञ्चालित छन् । दैनिक १५ हजार सिलिण्डरभन्दा बढी माग भए पनि ती उद्योगबाट हाल ७ हजार २०० सिलिण्डर उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्