Logo
Logo

वैकल्पिक सरकारबारे जसपा अनिर्णित


दृष्टि संवाददाता


काठमाडौं । बहुमतको सरकार बनाउने विषयमा जनता समाजवादी पार्टीले बिहीबार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरुको बैठकमा फरक–फरक धारणा आएकाले बिहीबारसम्म एकीकृत धारणा बनाएर सार्वजनिक गर्ने भएको हो ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा,’ उनले भने, ‘संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौं । छलफल जारी राख्छौं र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं ।’ उनले भने ।

कुनै पनि हालतमा बहुमतको सरकार बन्ने दावी भट्टराईले गरे । प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई बिहीबारसम्मको समय दिएका थिए । त्यो समय अगावै दलहरूले दावी पेश हुने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्