Logo
Logo

माओवादी निष्कर्ष- नयाँ सरकार गठनको ‘च्याप्टर क्लोज’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले नयाँ सरकार गठनको च्याप्टर क्लोज भएको निष्कर्ष निकालेको हो ।

नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको बैठकले निष्कर्ष निकालेको हाे ।

यसअघि माधव समूहले राजीनामा दिने भनेपछि शेरबहादुर देउवा वैकल्पिक सरकार गठनका लागि अग्रसर भएकाे र सोही अनुसार बहुमतको सरकार गठनका लागि पार्टीले अग्रसरता लिएको भएतापनि माधव समूहले विद्रोह गर्ने आँट नगरेसँगै सरकार गठनको सम्भावना सकिएको बारे बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्