Logo
Logo

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोनाबाट मृत्यु


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको मृत्यु भएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष गैरेलाई ९ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नेपाल संघको अध्यक्षमा गैरे डेढ वर्ष अघि निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्